इडिभीको नाममा कतै ठगिनु त भएन? | ईमाउण्टेन समाचार

Our Network

पुष २ २०८१, मंगलबार

काठमाडौँ, ३० असोज । सन् २०१९ को लागि खुल्ला गरिएको आवेदन फारम बन्द भएपनि, इडिभीको नाममा विभिन्न कन्सल्ट्यान्सीले फारमहरु धमाधम वितरण गरेर सर्वसाधरणबाट पैसा असुल्ने काम रोकेका छैनन् ।

असोज २४ गते बाट इडिभी (इलेक्ट्रोनिक डाइभर्सिटी भिसा) को साइट बन्द भए पनि विभिन्न प्रलोभन देखाएर सर्वसाधरणबाट लाखौँ असुल्ने काम भने बन्द भएको छैन ।

काठमाडौँको खिचापोखरी, ललितपुरको कुमारीपाटी लगाएत अन्य व्यस्त बजारमा डिभी लोटरीको आश्वासनमा परेर सर्वसाधरणहरुले फारम भरिरहेका छन् ।

एउटा फारमको २०० देखि ६०० रुपैयाँ सम्म असुल्ने गरेको सर्वसाधरणले बताएका छन् । तर फारम सर्भरको साइट खुल्नेबारेमा कुनै कन्सल्ट्यान्सीलाई अत्तोपत्तो छैन ।

नेपाल स्थित अमेरिकी राजदुताबासले जनाएअनुसार क्षमता भन्दा बढि प्रयोगकर्ताले वेबसाइट प्रयोग गर्ने प्रयास गरेपछि सर्भर डाउन भएको बताउँछन् ।

उसले डिभी अब कार्तिक १ गतेबाट खुल्ने र यो बिचमा कुनै फारम नभर्न समेत आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);