रुसको एक विद्यालयमा गोली चल्दा ११ जनाको मृत्यु, १६ भन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

रुसको एक विद्यालयमा गोली चल्दा ११ जनाको मृत्यु, १६ भन्दा बढी घाइते

एजेन्सी । रुसको एक विद्यालयमा मंगलबार गोली चल्दा ११ जनाको मृत्यु भएको छ ।



मुस्लिम समुदायको बाहुल्यता रहेको कजान शहरस्थित एक विद्यालयमा गोली चल्दा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै १६ जना बढी घाईते भएका छन् ।

मृत्यु हुनेमा विद्यार्थी र शिक्षकहरू रहेका छन् । गोली चलाउने एक १९ वर्षीय युवकलाइ प्रहरीले पक्राउ गरेको छ भने अर्का युवक प्रहरी कारबाहीमा मारिएका छन् ।

रुसी सरकारका अनुसार दुई जना व्यक्ति विद्यालयमा प्रवेश गरेर गोली चलाएका थिए । विद्यार्थीहरू ज्यान जोगाउन झ्यालबाट हाम फाल्दै गरेको भिडियोहरु सामाजिक संजालहरुमा सार्वजनिक भैरहेका छन् ।

घाईतेहरुको विभिन अस्पतालमा उपचार भैरहेको छ भने घटनाको जिम्मा कुनै पनि समूह वा संगठनले लिएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);