लुम्बिनी प्रदेशको विशेष अधिवेशनको अन्त्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

लुम्बिनी प्रदेशको विशेष अधिवेशनको अन्त्य

काठमाडौं । आजबाट सुरु हुन लागेको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ । आज एक बजे बस्ने भनिएको बैठक सुरु हुन अघि नै संसद सचिवालयले सूचना टाँसेर अधिवेशन अन्त्य भएको जानकारी गराएको हो । मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेका हुन् ।

आजको विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा छलफल हुने कार्यसूची रहेको थियो । तर आइतबार बिहान नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए भने प्रदेश प्रमुख धर्मराज यादवले राजीनमा स्वीकृत समेत गरेका थिए ।

सोलगत्तै बसेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले पोखरेल कै नेतृत्वमा एमालेको एकल सरकार गठन गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);