मन्त्रीको पुस्तक बेच्न सरकारी गाडी दुरुपयोग | ईमाउण्टेन समाचार

Our Network

साउन २८ २०८३, शुक्रबार

काठमाडौँ, २९ असोज । सहरी विकासमन्त्री प्रभु साहले लेखेको पुस्तक विक्री गर्न सरकारी गाडीको दुरुपयोग भएको छ। मन्त्री सहाले लखेको मधेसी मुक्तिका आधारहरु नामक पुस्तक सरकारी गाडीमा राखेर उनका सहयोगी तराई मधेसका जिल्लाहरुमा विक्रि गर्दै हिंडेका छन्।

शनिबार विहान बा २ झ २२६३ नम्बरको सरकारी गाडी लाहनस्थित सीता नोबेल पुस्तक पसल अगाडी भेटिएको हो । उक्त गाडीमा शशिभुषण साह सवार थिए।

उनले आफु मन्त्रीको सचिवालयका कर्मचारी भएको स्वीकार गरे। आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ।