झापा । एम्बुलेन्स दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ ।
झापाको शिवसताक्षी नगरपालिका ११ दुधे स्थित पूर्व–पश्चिम राजमार्गमा एम्बुलेन्स अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा ललितपुरको गोदावरी नगरपालिका–७ का २० वर्षीय उत्सव घिमिरे छन् । अर्का १ जना गम्भिर घाईते छन् ।
आज बिहान साढे ४ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको बा २१ च ७९८४ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रीत भई दुर्घटना हुँदा एम्बुलेन्स चालक घिमिरे र सोही एम्बुलेन्समा सवार सोही स्थानका २० वर्षीय सन्तोष तामाङ गम्भीर घाईते भएका थिए ।
घाइते दुबै जनालाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाँदै गर्दा चालक घिमिरेको बाटैमा मृत्यु भएको थियो । तामाङको भने सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।




