सुनसरीमा नगरका १ सय १६ विपन्न परिवारका लागि घर बनाउन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुनसरीमा नगरका १ सय १६ विपन्न परिवारका लागि घर बनाउन सुरु

सुनसरी। सुनसरीको दुहबी नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ बाट नगरमा १ सय १६ विपन्न परिवारका लागि आवास कार्यक्रमको सुरुवात गरेको छ ।

गत आर्थिक वर्षमा सुरु गरेका ५० वटा घर निर्माणको अन्तिम चरणमा पुगेको छ । सुकुम्बासीको लागि आवास बनाउने योजना अनुरुप प्रदेश सरकार र संघिय सरकारको सहयोगमा घर निर्माण कार्य अघि बढेको हो ।

नगरले २ विघा जग्गा खरिद गरेर २०७६ सालमा यो कार्यक्रमको अवधारण विकास गरेको थियो । हाल प्रदेश सरकारको ५० लाख, संघीय सरकारको ४५ लाख र बाँकी नगरको बजेटबाट खर्च हुनेगरी ५० वटा घर तीन करोड ३९ लाख ८१ हजारमा ठेक्का लगाइएको छ ।

प्रत्येक घरमा एउटा शौचालय, भान्सा कोठा र दुई वटा सुत्ने कोठा रहेको छन् । नगरपालिकाको तथ्याङ्क अनुसार यस नगरमा मात्रै पाँच हजार भन्दा बढी सुकुम्बासीहरु छन् ।ती मध्ये, नगरपालिकामा बनेको समितिले छनौट गरेका एक सय १६ परिवारलाई पहिलो चरणमा घर हस्तान्तरण गरिने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);