गृहमन्त्री थापासहित राष्ट्रियसभाका दुई सांसदलाई कारबाही गर्न माओवादी केन्द्रले संसद सचिवालयमा पत्र पठायो | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

गृहमन्त्री थापासहित राष्ट्रियसभाका दुई सांसदलाई कारबाही गर्न माओवादी केन्द्रले संसद सचिवालयमा पत्र पठायो

काठमाडौं, २७ चैत । नेकपा माओवादी केन्द्रले लागेका पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य रहेर एमालेमा लागेकाहरुलाई पनि कारबाही गरेको छ ।

माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य गृहमन्त्री रामबहादुर बादल र सांसद चन्द्रबहादुर खड्कालाई कारबाही गरेको हो । माओवादीले दुबै सांसदले दल त्याग गरेको सूचना शुक्रबार संघीय संसद सचिवालयमा बुझाउँदै राष्ट्रियसभा सदस्यबाट पदमुक्त गर्न सिफारिस गरेको हो ।

सांसदद्धयले दल त्याग गरेका कारण राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार माओवादी केन्द्रले उनीहरुलाई कारबाही गरेको हो ।

माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहालले अन्य राजनीतिक दलको केन्द्रीय सदस्य बनेका कारण दल त्याग गरेको देखिएकोले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) गरिदिन भनेर दल त्यागको सूचना शुक्रवार संसद सचिवालयमा दिएका हुन् ।

यसअघि माओवादीको कारबाहीमा परी चार मन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बिहीबार प्रतिनिधिसभाको सांसद पद गुमाएका थिए ।

माओवादी केन्द्रले गएको मंगलबार यी सांसदहरुलाई कारबाही गरी पदमुक्त गर्ने निर्णय गरेको पत्र संसद सचिवालयलाई पठाए पछि उनीहरु बिहीबारको प्रतिनिधिसभा बैठकबाट सांसद पदमुक्त भएका हुन् ।

गृहमन्त्री थापा र सांसद खड्काको सन्दर्भमा भने राष्ट्रियसभा बैठक अधिवेशन अन्त्य भइसकेकोले सूचना टाँस गरेर उनीहरुलाई पदमुक्त गरिएको जानकारी गराइनेछ।

Leave a Reply