धमिलिएको नेपालको राजनीतिमा छिमेकीको अर्थपूर्ण चासो (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

धमिलिएको नेपालको राजनीतिमा छिमेकीको अर्थपूर्ण चासो (भिडियाेसहित)

बिगतदेखि नेपालका हरेक आन्तरिक मामिलामा छिमेकीहरुको अस्वभाविक हस्तक्षेपका कारण राष्ट्रिय स्वाभिमानका मुद्दा आमरुपमा पटक पटक उठ्दै आएका छन् । २०४६ को परिवर्तन पछि नेपाली राजनीतिमा प्रत्यक्षरुपमै हस्तक्षेपकारी नीति लिंदै आएको भारत पछिल्लो चरणमा भने मौन जस्तै देखिएको छ । तर, यसको ठिक विपरित नेपालको आन्तरिक राजनीतिमा प्रकट रुपमा उतिसाह्रो चासो नदेखाउने उत्तरी छिमेकी राष्ट्र चिनको भुमिका भने पछिल्ला दिनहरुमा ह्वात्तै बढेर गएको छ ।

नेपालको राजनीति धमिलिंदै गर्दा छिमेकीले खेलेको यो पहिलो घटना भने हैन । भुराजनैतिक हिसाबले विश्व अर्थतन्त्रका दुई उदाउँदा शक्ति राष्ट्र चीन र भारतको बीचमा रहेको नेपाल यसैपनि यि दुई राष्ट्रबीच हुने शक्ति प्रतिस्पर्धाबाट प्रभावित नभई रहन सक्दैन । यि दुईबिच चल्ने प्रतिस्पर्धाकै कारण नेपालको आन्तरिक राजनीति, वैदेशिक सम्बन्ध लगायतका क्षेत्र प्रभावित हुन्छ नै । यस्तोमा नेपालमा विकसित पछिल्लो राजनैतिक उथलपुथलमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा छिमेकीको चलखेल भएको उनिहरुकै कतिपय गतिविधीले पनि संकेत गरेको छ ।

२०६२-६३ को जनआन्दोलन, राजतन्त्रको उन्मूलन, धर्मनिरपेक्षताको घोषणा र संघीयता लागू भएसँगै परिवर्तित पछिल्लो चरणमा भारतको चासोमा नेपाल नपरेको हो वा शान्त कुटनीतिका भरमा अन्य कुनै दीर्घकालीन रणनीतिको खाका तयार गरेर बसेको छ, त्यो स्पष्ट हुन सकेको छैन । तर पहिले कहिल्यै नदेखिएको नेपालको आन्तरिक राजनीतिमा चिनको चासोभने ह्वात्तै बढेको पाईएको छ । अपेक्षाकृत नेपाल मामिलामा चीनको बिगत त्यति विवादित थिएन ।

चिनले बिगतमा नेपाल नीति तयार गर्दा तिब्बतको सुरक्षाको प्रत्याभुतीलाई नै आधार बनाएर गर्ने गरेकोमा पछिल्लो चरणमा भने उसले नेपालमा हस्तक्षेपकारी नीति नै लाद्न खोजेको हो कि जस्तो संकेत चिनियाँ कुटनैतिक निकायका अधिकारीहरुबाट हालै प्रदर्शन गरेका गतिविधीले पनि दिएका छन् । तर, बिगतमा भारतले खोक्दा पनि हस्तक्षेप र विस्तारवादको नारा उराल्ने क्रान्तीकारीहरु चिनियाँ राजदुतको बढ्दो राजनैतिक सकृयतामा भने मौन छन् ।

बिगतमा भारतले सिमा नाकामा अवरोध सिर्जना गरिदिंदा अन्तराष्ट्रिय मञ्चमै कोकोहोलो मचाउने जमात बिगत एक बर्ष देखि चिनले रसुवा र तातोपानी नाकामा गर्दै आएको अवरोधका बारेमा भने मौन देखिएको छ । नेपाल चिनबिचको ब्यापारमा संलग्न कतिपय नेपाली ब्यावशायीहरुको अर्बौं रुपैयाँको लगानी यतिबेला जोखिममा छ । करोडौंका सामान सिमापारी आएर बिगत एक बर्ष देखि थन्किएका छन् ।

चिनियाँ अधिकारीले सीमा नाका सहज नबनाईदिएकै कारण यतिबेला सञ्चालनमा रहेको दुबै नाका अघोषित नाकाबन्दीको स्थितीमा पुगेकोमा समेत राष्ट्रियता र स्वाभिमानको नारा घन्काउनेहरु यतिबेला मुख सिएर बसेका छन् । बिगतमा नेपालप्रति आफ्नो परिस्थिती अनुकुलको सम्बन्ध राख्दै आएको भारतकै कारण र केही आन्तरिक रुपमा विकसित गरिएको वातावरणले बनाएको, भारत विरोधी छविकै कारण राजनीतिमा केही भयो कि भारत नै मुछिंदै आएको सन्दर्भमा पछिल्लो विकसित घटनामा भारतको संलग्नता उस्तो देखिएको छैन, जति चिनियाँ राजदुत होउ यान्छीको दौडधुप बढेको छ ।

राजनीतिमा आफु अनुकुलका पात्रको संरक्षण र प्रबद्र्धनमा संलग्न देखिएको भारत नेपालको राजनीती संक्रमणबाट गुज्रिरहँदा पनि मौन देखिनु आफैंमा सन्देहास्पद पनि बन्दै गएको छ । कतिपयले यसलाई आँधी आउनु अघिको सन्नाटाका रुपमा समेत ब्याख्या गर्ने गरेका छन् । पक्कैपनि यतिबेलाको शासन प्रत्यक्षरुपमा भारत अनुकुल देखिएको छैन । वर्तमान सरकारका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवादी अडान, भारतद्वारा मिचिएका नेपाली भुभाग फिर्ता गर्ने उनको अभियानकै कारण पनि भारत वर्तमान सत्तासँग चिढिएको कतिपयको विश्लेषण रहेको छ ।

यस्तोमा सरकार विरोधी कित्तामा उभिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री ओलीका विरुद्ध सत्तारुढ दल भित्रै मोर्चा नै सम्हालेर पार्टीलाई विभाजनकै तहसम्म पु¥याउने योजनामा रहेका माधवकुमार नेपाल समुह पनि यतिबेला भारतको छनोटमा नरहेको कतिपयको आंकलन रहेको छ । विश्लेषकहरु यतिबेला सत्तारुढ दलभित्रको किचलोमा चिन फ्याक्टर लेकाम गरिरहेको बताउँदछन् ।

हुनपनि पछिल्ला दिनमा काठमाण्डौस्थित चिनियाँ राजदुतावासका कर्मचारीहरुमा कम्युनिष्ट नेताहरुका जस्केला धाउनेक्रममा बढेको धपेडीले चिन फ्याक्टरलाई प्रमाणित गर्दै गएको संकेत पनि पाईन नथालिएको हैन । नेपाल भारतबिचको यसअघिका सहयोग आदान प्रदानका क्षेत्रमा रहेको निरन्तरता कायम नै रहनु, तर अपेक्षाकृत नेपालको आन्तरिक मामिलामा भारतको दाँजोमा पृथक रहँदै आएको चिनले गर्दै आएका सहयोगको निरन्तरतामात्रै नेपालले उपयोगमा ल्याएका कतिपय सुविधासमेत कटौतीमा पर्नुले पनि यतिबेला चिन नेपालमा असहयोगको नीति कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको देखाएको छ ।

भारतले आफैंले निर्माण गरिदिएको हुलाकी राजमार्ग अन्तर्गतका सातवटा निर्माण सम्पन्न प्याकेजको नेपाल सरकारलाई हस्तान्तरण मात्रै गरिदिएन, आफैं कोरोना संक्रमणका विरुद्ध लडिरहेको भारतले नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको खोपको सहयोगलाई पनि उल्लेख्य नै मान्नु पर्ने हुन्छ । तर, यहिं नेपालको मुलधारको राजनीतिमा सकृय र सत्तासीन पार्टीसँग निकट सम्बन्ध रहेको भनिएको चिनले पछिल्लो चरणमा देखाएको असहयोग र राजनैतिक चलखेल अर्थपुर्ण देखिन्छ । दुई देशबिचको ब्यापारका लागि खोलिएका नाका सञ्चालनमा असहजतासँगै कोरोना महामारीसँग जुधिरहेको मुलुक नेपाललाई चिनले उपलबध गराएको सहयोगलाई लिएर हौसिने अबस्था नै बन्न सकेन ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);