एजेन्सी, ३ चैत। इंग्लिश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले जित निकालेको छ । सोमबार राति भएको खेलमा लिभरपुलले उल्भ्सलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुललाई जित दिलाउन डिएगो जोटाले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा जोटाले गोल गरेका थिए । जुन गोल खेलको निर्णायक गोल बन्यो ।
जितसँगै लिभरपुलले २९ खेलमा ४६ अंक जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ । उल्भ्स भने ३५ अंकका साथ तालिकाको १३ औं स्थानमा रहेको छ ।