पार्टी विधान विपरित गरिएको निर्णयको प्रतिवाद गर्ने नेपाल समूहको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

भदौ ५ २०८३, शनिबार

पार्टी विधान विपरित गरिएको निर्णयको प्रतिवाद गर्ने नेपाल समूहको निष्कर्ष

काठमाडौं, २९ फागुन। नेपाल कम्युनिष्ट पार्टी एमाले माधव नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने उद्देश्य साथ गरेको निर्णय विरुद्ध एकजुट हुन कार्यकर्तालाई आव्हान गरेको छ ।

शुक्रबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव र अध्यक्ष बाहेकका पदाधिकारीको जिम्मेवारी खोसेर मंसिरमा महाधिवेशन गर्ने निर्णय गरे लगत्तै बसेको नेता नेपाल पक्षको बैठकले विधान विपरित निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको छ । साथै बैठकले कार्यकर्तालाई एकजुट हुन आग्रह पनि गरेको छ ।

संसदमा विघटन गर्ने योजना सफल नभएपछि अध्यक्ष ओलीले पार्टी फुटाउने प्रयास गरेको बैठकको निष्कर्ष रहेको नेता भीम रावलले जानकारी दिए । रावलले अध्यक्ष ओलीले पार्टीको विधान विपरित स्वेच्छाचारी र मनपरी किसिमले निर्णय गरेकाले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने कदम विरुद्ध सबैलाई एकताबद्ध गरेर पार्टीको रक्षाका लागि अग्रसर हुने बताए ।

Leave a Reply