बाग्मती प्रदेशस्तरीय फुटवल प्रतियोगिताको उद्घाटन खेलमा नुवाकोट युनाइटेडले विययी शुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

बाग्मती प्रदेशस्तरीय फुटवल प्रतियोगिताको उद्घाटन खेलमा नुवाकोट युनाइटेडले विययी शुरुवात

काठमाडौं, ६ फागुन । नुवाकोटमा बिहीबारबाट शुरु भएको बाग्मती प्रदेशस्तरीय फुटवल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नुवाकोट युनाइटेडले विययी शुरुवात गरेको छ ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा बिहीबार भएको उद्घाटन खेलमा घरेलु टोली नुवाकोट युनाइटेडले सिन्धुलीको नमुना जनउत्थान क्लबलाई २–१ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

नुवाकोटका लागि हर्दिक भण्डारी र सुमन तामाङले गोल ग¥यो भने सिन्धुलीको नमुना जनउत्थान क्लबका लागि कमल गुरुङले १ गोल फर्काएरखेल २–१ को गोल अन्तरमा पु¥याएको थियो ।

अखिल नेपाल फुटवल संघ एन्फाको आयोजना तथा नुवाकोट फुटवल संघको संयोजनमा भएको प्रतियोगितामा बाग्मती प्रदेशका १० जिल्लाका फुटवल क्लबहरुको सहभागिता रहेको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै एन्फाका केन्द्रीय सदस्य पुर्णमान चित्रकारले नुवाकोटमा फुटवलको माहोल बनिरहेको बताउँदै अब छिट्टै सर्वाधिक राशिको जिल्ला लिग गर्न लागेकाले तयार रहन जिल्लाका क्लबहरुलाई आग्रह गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);