काठमाडौं, ६ फागुन । बिहीबार मध्यान्हको १२ बज्नै लाग्दा सर्बोच्च अदालत परिसरमा साईरनको आवाजले सबैको ध्यान खिच्यो। बाहिर बाट हेर्दा लाग्थ्यो आज सर्बोच्चमा ठुलो कार्यक्रम हुँदैछ। त्यर्सैले त्यस कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री ओली आएछन।
तर उनी बिहीबार प्रमुख अतिथि थिएनन् । आफुविरुद्ध परेको अदालतको अवहेलना मुद्धामा जवाफ पेश गर्न सर्बोच्च जाँदै थिए। अर्थात बिहीबार प्रधानमन्त्री ओली आफुलाई लागेको अवहेलनाको आरोपमा प्रतिवाद गर्न अदालत गएका थिए। उनी प्रतिवादीको हैसियतमा त्यहाँ पुगेका थिए।
प्रधानमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको गाडीको लावा लस्कर हेर्दा सर्ब साधरणको टिप्प्णी थियो ‘ यति भीआईपी आरोपी अहिले सम्म अदालत छिरेका थिएनन् ।
प्रधानमन्त्रीले आफ्नो लिखित जवाफ बुझाउन जाँदा कर्मचारीहरु जुरुक्क उठेर नमस्कार गरेका थिए। प्रधानमन्त्रीले जवाफमा आफुले सधँै अदालतको सम्मान गर्ने उल्लेख गरेका थिए। उनले आफुले सम्मान कम हुने काम कहिल्यै नगरेको र नगर्ने पनि प्रतिवद्धता ब्यक्त गरेका थिए। उनले तथ्यहीन आधारमा दायार हुने यस्ता मुद्धाले कार्यकारी प्रमुख र न्यायालयको समेत समय खेर जाने उल्लेख गरेका थिए।
प्रधानमन्त्री ओलीले अदालत भित्र बिताएको २० मिनेटले देशलाई कुनै घाटा भएन। कार्यकारी प्रमुखको न्यायालय प्रतिको प्रतिवद्धता प्रष्ट झल्किएको देखियो। शक्ति पृथकीकरणको सिद्धान्तमा एकले अर्काको सम्मानलाई लोकतन्त्रमा सुन्दर गहना मानिने झल्को प्रधानमन्त्रीको त्यो २० मिनेटले आफैमा बोल्यो।
नेपालको ईतिहासमा बाहलवाला प्रधानमन्त्री प्रतिवादीका हैसियतमा आफै उपस्थित हुनेमा ओली संभावत पहिलो हुन सक्छन् । यसले नकारात्मक सन्देश दिएको छैन। कार्यकारी प्रमुखको अदालत प्रतिको सम्मान देखिएको छ।