बैतडी घटनामा एनपी साउदको अनुभवः 'पहिले त हाम्रै जुलुस भनेर झुक्कियौ' | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

बैतडी घटनामा एनपी साउदको अनुभवः ‘पहिले त हाम्रै जुलुस भनेर झुक्कियौ’

काठमाडाैं, ५ फागुन । हामी ३ गते दार्चुलाको कार्यक्रम सकेर बैतडी तर्फ लाग्यौ । डिला सैनामा ४ गते नेपाली कांग्रेसको बृहत सभा र जुलुसका कार्यक्रम थियो। कार्यक्रममा बैतडी जिल्लाका नेपाली कांग्रेसका सभापति दार्चालाका सभापति बिभिन्न पालिकाका अध्यक्ष तथा मेयर पनि सहभागी हुनुहुन्थ्यो ।

लगभग हजारको संख्यामा हामी जम्मा भईसकेका थियौ । कार्यक्रम सुरु हुन लागेको थियो। यहीबीचमा पर नारा बाजी गर्दै गरेको एउटा जुलुस देखियो। त्यो जुलुस हाम्रै कार्यक्रमको हो जस्तो लाग्यो। त्यसपछि मैले केही बेर जुलुसलाई पर्खौ भने। सो अनुसार हामी हाम्रै जुलुस भनेर त्यसलाई कुरेर बस्यौ।

एक छिनपछि जुलुसमा रातो झण्डा र कालो ब्यानर थियो। हाम्रो जुलुसमा त कालो ब्यानर हुने कुरा थिएन। अलि नजिक आएपछि नारा सुनियो। नारा थियो – ओली जिन्दावाद, कांग्रेस मुर्दावाद।

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले अरुको विरोधको सम्मान गर्ने भन्र्दै मैले साथीहरुलाई संयाम अपनाउन आग्रह गरेँ। हामी सहेर नै बसेका थियौ। तर उनीहरुले हाम्रो मंचमा ढुंगा मुढा गरे। मेरै पेटमा ढुंगाले लाग्यो। कतिपय साथीहरु घाईते भए। आक्रमण गर्ने कतिपयले मादक पदार्थ पनि सेवन गरेका थिए।

केही समय दोहोरो झडपको स्थिति उत्पन्न भयो । प्रहरी पनि एक घण्टापछि कार्यक्रमस्थल आईपुग्यो। त्यसपछि हामीले एक घण्टा ढिलो तर छोटो कार्यक्रम गरेर हिड्यौ।
बैतडीमा रहेका नेपाली कांग्रेस केन्द्रीय सदस्य साउदसंग ईमाउन्टेन टिभिले गरेको फोन वार्तामा आधारित

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);