काठमाडौं, २६ माघ । नेपालको राजनीति विश्व राजनीतीसँग प्रत्यक्ष र परोक्षरुपमा सम्बन्धित छ । सोहीकारण अन्य शक्तिराष्ट्रका साथसाथै दुई छिमेकी राष्ट्र भारत र चीनबिच समेत सन्तुलन कायम गर्नुपर्ने चुनौती नेपाल सामु छ । सन्तुलन कायम गर्ने कार्य सहज नहुँदा नेपाल बारम्बार शक्ति राष्ट्रको विवादको कारण अप्ठ्यारोमा पर्ने गरेको छ । नेपालको यो समस्याको दिर्घकालीन समाधानको विषयमा आम चासो रहेको देखिन्छ ।