क्यान्सर जितेका विरामीद्वारा घण्टी बजाई क्यान्सरमुक्त भएको उद्घोष | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

क्यान्सर जितेका विरामीद्वारा घण्टी बजाई क्यान्सरमुक्त भएको उद्घोष

काठमाडौं, २२ माघ । विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सर रोगलाई जितेका विरामीहरुले क्यान्सर हस्पिटलमा औपचारिक रुपमा घण्टी बजाएर आफुलाई निको भएको उद्घोष गरेका छन् ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचाररत क्यान्सर पीडितहरुले विश्व क्यान्सर दिवसको अवसर पारेर हस्पिटल परिसरमा निर्माण भएको घण्टी बजाई क्यान्सरमुक्त भएको उद्घोष गरेका हुन् ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले कोभिड १९ को महामारीको बेलामा पनि अस्पतालले क्यान्सर पीडित बिरामीहरुलाई निरन्तर सेवा दिन सकेकोमा सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी, सेवाग्राही तथा सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । जुनसुकै ठाउँमा बसेर पनि क्यान्सर बारे जनचेतना जगाएर, बोलेर मात्रै पनि क्यान्सर विरुद्ध लड्न सकिने उहाँले बताउनुभयो ।

आगामी दिनमा हस्पिटलको ध्यान कोभिड १९ महामारीका बिचमा निदान हुन छुटेका, संक्रमणका डरले घरमै बसिरहेका क्यान्सर बिरामीहरुलाई कोभिड १९ को डर हटाई सचेतना जगाउने डा. श्रेष्ठको भनाई छ ।

Leave a Reply

ताजा समाचार