भारतीय वायुसेनाको हेलिकोप्टर दुर्घटना, ५ सैनिकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८३, बिहीबार

नयाँ दिल्ली, २० असोज । भारतको अरुणाचल प्रदेशमा भारतीय वायुसेनाको एक हेलिकोप्टर दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक सैनिक घाइते भएका छन्। घाइते सैनिकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको अधिकारीहरुले जनाएका छन्।

भारतीय वायु सेनाको एमआई-१७ भी ५ हेलिकोप्टर दुर्घटना भएको हो। वायुसेनाले दुर्घटनाको छानविनका लागि आदेश दिएको छ। सेनाका लागि आवश्यक सामान लिएर गइरहेको अवस्थामा शुक्रबार बिहान तवाङ्ग क्षेत्र नजिकै दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

ताजा समाचार