नुवाकोट, १९ माघ । नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडी नुवाकोटमा तोडफोड भएको छ । नेपाल–दाहाल समूहका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा पोखरेलको गाडी तोडफोड गरेका हुन् ।
कार्यक्रममा सहभागी हुने क्रममा ओली र नेपाल–दाहाल समूहबीच झडप भएको हो ।
गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समुहले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा दैनिक रुपमा विरोध कार्यक्रम गर्दै आइरहेका छन् ।