काठमाडाैं, १९ माघ । बागमती प्रदेश सभा बैठक स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक विशेष कारणले फागुन ५ गतेसम्मलाई स्थगित गरिएको हो ।
प्रदेश सभा सचिव कृष्णहरि खड्काले आइतबार साँझ सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी गराउनु भएको थियो । यसअघि माघ ९ गते बस्ने भनिएको प्रदेश सभामा पौडेलविरूद्धको अविश्वास प्रस्तावबारे छलफल हुने भनिएको थियो ।
तर केहीबेर बसेर विषय प्रवेश नै नगरि बैठक स्थगित भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद छ । यसको असर प्रदेश सभामा पनि देखिएको छ ।