दाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

दाङ, १७ कार्तिक । दाङमा ट्रक दुर्घटना १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । आइतबार साँझ करिब साढे ८ बजेतिर घोराही लमही सडक खण्ड अन्र्तगत घोराही ३ भैसी बगाउने खोलामा ट्रक दुर्घटना हुँदा ट्रक चालक बाँकेका ३५ बर्षीय प्रकाश परियारको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

घोराहीबाट लमही जाँदै गरेको ना ६ ख ६२० नम्बरको ट्रक अचानक दुर्घटना हुँदा ट्रक चालक परियारको घटना स्थालमै मृत्यु भएको, अन्य २ जना घाईते भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एंव एसएसपी राज कुमार बैदवारले जानकारी दिनुभयो ।

घाइतेलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही सामान्य उपचारपछि थप उपचारको लागी नेपालगंज मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको थियो ।

घाइते हुनेमा तुलसीपुर १४ का नबिन केसी डिस्चार्ज भएको र अर्का करिब ३१ बर्षीय नाम ठेगना खुल्न नसकेको ब्यक्तिको कोहलपुरबाट पनि थप उपचारको लागी बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाको बारेमा जिप्रका दाङबाट थप अनुसन्धान भइ रहेको प्रहरीले जानएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);