काठमाडौं, २० असोज । मंगलबार सुन तथा चाँदीको भाउ वृद्धि भएको छ । यसदिन सुन प्रतितोला ८०० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सोमबार सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । मंगलबार चाँदीको मूल्य पनि उकालो लागेको छ । यस दिन चाँदी तोलामा २० रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ ।