टिकटको लागि आकांक्षीको दौडधुप : शीर्ष नेताको घरमा अड्डा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

टिकटको लागि आकांक्षीको दौडधुप : शीर्ष नेताको घरमा अड्डा

काठमाडौँ, १० असोज । आगामी मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि राजनीतिक दलका शीर्ष नेताको घरमा भिड लाग्न थालेको छ।

पार्टीमा टिकटका लागि चर्को प्रतिस्पर्धा देखिएको छ। पार्टीभित्र आन्तरिकरुपमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट लिनका लागि निर्वाचन क्षेत्रबाट नै सिफारिस भएर आउनुपर्ने प्रावधान छ।

सिफारिसमा पर्नका लागि पनि उम्मेदवारका आकांक्षी पार्टीका शीर्ष नेताको घरमा अड्डा जमाउन थालेका छन्। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।