२४ घण्टामा थप १५ सय ५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

२४ घण्टामा थप १५ सय ५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुग्यो

काठमाडौं, १४ असोज । पछिल्लो २४ घन्टामा थप १५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप १५ सय ५९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।

आज आइसियुमा २ सय १ र भेन्टिलेटरमा ३० जना संक्रमितको उपचार भइरहेको छ । यस्तै संस्थागत आइसोलेसनमा देशभरी १० हजार ८७ र होम आइसोलेसनमा १० हजार ८ सय ४ जना संक्रमितको उपचार भइरहेको छ ।

कोरोनाबाट थप ७ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड—१९) बाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ पुरुष र २ महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका २ महिला सहित ३ जना रहेका छन ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३४ र ८६ वर्षिया महिला तथा ५४ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै सुनसरीमा ६० वर्षिय पुरुष, मोरङमा ६० वर्षिय पुरुष, सप्तरीमा ३९ वर्षिय पुरुष र रुपन्देहीमा ८२ वर्षिय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा आजसम्म मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ ।

Leave a Reply