पर्सा, ८ असोज । प्रदेश नम्बर २ को एक मात्र महनगर वीरगञ्जमा यतिखेर धेरैको ध्यान केन्द्रित भएको छ ।
पछिल्लो मत परिणाम अनुसार केही समय देखि कांग्रेसलाई उछिन्दै संघीय फोरमले अग्रतालाई कायम राखेको छ । वीरगञ्ज महानगरको ४९ हजार ३ सय ०९ मत गणना गर्दा संघीय फोरमका मेयर उम्मेदवारको पक्षमा १० हजार ६ सय ६२ मत परेको छ । दोस्रो स्थानमा रहेको कांग्रेसको पक्षमा भने १० हजार ५ सय ८७ मत रहेको छ । यसअघि फोरम र कांग्रेसबीचको मतान्तर ७७ रहेको थियो भने अहिले यि दुई पार्टीका उम्मेदवारबीच ७५ मतको फरक रहेको छ ।
त्यस्तै ७ हजार ४ सय ९३ मतका साथ राजपाका उम्मेदवार तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा रहेका एमालेले ५ हजार ५ सय ६१ मत पाएको छ ।
यहाँ ५ हजार ३६ मतका साथ माओवादी केन्द्र पाँचौ स्थानमा रहेको छ ।