काठमाडाैं,२१ भदाै । सरकारले विर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीर अस्पतालबाट दिँदै आएका सेवाहरु अब राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध हुनेछन् ।
यसैगरी सरकारले विभिन्न शिक्षण संस्थाहरुमा स्वास्थ्य विधामा अध्ययनरत विद्यार्थीहरुलाई स्वयमसेवीका रुपमा परिचालन गर्ने भएको छ । आवश्यकता अनुसार विद्यार्थीहरुलई स्वयमसेवी रुपमा परिचालन गर्न सम्झौता गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा आइसियु बेड निर्माणका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दुबै अस्पतालमा ६० बेड आइसियु निर्माणका लागि मन्त्रालयले बजेट निकासा गरेको हो ।