काठमाडौं, ७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले नजिते मुलुक गम्भीर दुर्घटनामा फस्ने चेतावनी दिएका छन् ।
अध्यक्ष दाहालले परिवर्तनलाई संस्थापन गर्न र मुलुकलाई समृद्ध बनाउन पनि माओवादी केन्द्रले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जित्नै पर्ने बताए ।
पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उनले हिमाल, पहाड र तराईलाई एकतावद्ध गराउन पनि माओवादीले जित्नै पर्ने अवस्था रहेको पनि उल्लेख गरे । त्यस अवसरमा अध्यक्ष दाहालले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटन पार्टीका नेता कार्यकर्तालाई आह्वान गरे ।
अध्यक्ष दाहालले प्रदेश नम्बर २ को निर्वाचनको परिणामले जनता आफ्नो पार्टीको पक्षमा रहेको पुष्टि भएको दावी गरे । उनले प्रगतिशील राष्ट्रवादी शक्ति माओवादी भएको भन्ने सन्देश प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनले दिएको धारणा राखे ।