२ वर्षभन्दा कम समयमै कोरोना भाइरसको महामारीबाट छुटकारा पाउने डब्लूएचओको विश्वास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

२ वर्षभन्दा कम समयमै कोरोना भाइरसको महामारीबाट छुटकारा पाउने डब्लूएचओको विश्वास

WHO warns

एजेन्सी, ६ भदौ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वले २ वर्षभन्दा कम समयमै कोरोना भाइरसको महामारीबाट छुटकारा पाउने सम्भावना रहेको बताएको छ ।स्वीजरल्याण्डको जेनेभामा भएको पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले उक्तकुरा बतउनु भएको हो । कोरोना भाइरसको महामारी ‘स्पेनिस फ्लू’ को महामारीभन्दा छिटो नियन्त्रणमा आउने उहाँको दावी छ ।

महानिर्देशक गेहब्रेयससले अहिलेको आधुनिक प्रविधिका कारण भाइरसको नियन्त्रण छिटो हुनेमा आफू आशावादी रहेको उल्लेख गर्नुभयो । विश्वव्यापीकरणका कारण भाइरस तीव्र रुपमा फैलिने सम्भावना रहेपनि अहिलेको प्रविधि र ज्ञानले यसलाई रोक्न सकिने उहाँको विश्वास छ । यसका लागि राष्ट्रिय र विश्वव्यापी ऐक्यबद्धताको आवश्यक रहेको गेहब्रेयससले बताउनु भयो ।

सन् १९१८ को स्पेनिस फ्लूका कारण करिब ५ करोड मानिसको मृत्यु भएको थियो । त्यसको करिब आधा त भारतमै मृत्यु भएको थियो । महामारीका बेला व्यक्तिगत सुरक्षा उपकरण पीपीई लगायतका स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको प्रति डाक्टर टेड्रोसले चिन्ता व्यक्त गर्नुभयो । विभिन्न देशमा स्वास्थ्य सामग्री खरिद र वितरणमा भएको अनियमितताबारे उहाँले कुनै पनि प्रकारको भ्रष्टाचार सहन नसकिने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);