बेलारुसमा सरकार विरुद्ध जारी आन्दोलन दबाउन रुसको सहयोग प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बेलारुसमा सरकार विरुद्ध जारी आन्दोलन दबाउन रुसको सहयोग प्रस्ताव


एजेन्सी, ३२ साउन । युरोपेली मुलुक बेलारुसमा सरकार विरुद्ध जारी आन्दोलन दबाउन रुसले सहयोग प्रस्ताव गरेको छ । बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले प्रदर्शन रोक्न रुसले सहयोग गर्न चाहेको जानकारी दिनुभएको हो ।प्रदर्शनको क्रममा मारिएका एक जना प्रदर्शनकारीको श्रदाञ्जलीका लागि राजधानी मिन्स्कमा हजारौं सर्वसाधारण भेला भएको समयमा आएको रुसको प्रस्तावलाई निकै अर्थपूर्ण मानिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन । राष्ट्रपति लुकाशेन्को रुस निकट मानिनुहुन्छ ।

आफुलाई अपदस्थ गर्न पश्चिमाहरुले प्रदर्शन उक्साईरहेको लुकाशेन्कोको आरोप छ ।सन् १९९४ देखि सत्तामा रहँदै आउनुभएका लुकाशेन्कोले यही अगस्ट ९ मा भएको चुनावमा ८० दशमलब १ प्रतिशत मत पाएको बताइएको छ । यसैबीच प्रदर्शनकारीहरुले निष्पक्ष समाचार प्रवाहको माग गर्र्दै बेलारुसको सरकारी टेलिभिजनको कार्यालय बाहिर प्रदर्शन गरेका छन् ।

सरकारी टेलिभिजन आफुहरुप्रति पूर्वाग्रही बनेको प्रदर्शनकारीहरुको आरोप छ ।सरकारको कमजोरी लुकाएर प्रदर्शनकारीलाई दोष लगाउने गरी समाचार प्रसारण गरेको भन्दै उनीहरुले सरकारी टेलिभिजनको कार्यालय बाहिर प्रदर्शन गरेका हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);