डिएगो कोस्टा अब आफ्नो पुरानो क्लबमा फर्कने | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

एजेन्सी, ६ भदौ । चेल्सीका स्ट्राइकर डिएगो कोस्टा आफ्नो पुरानो क्लब एथ्लेटिको मड्रिड जाने भएका छन् । स्ट्राइकर कोस्टाको स्पेनिस क्लब एथ्लेटिको मड्रिड अनुबन्धका सम्बन्धमा चेल्सी सहमत भएको हो ।

कोस्टोको अनुबन्ध आउँदो जनवरीमा हुनेछ । दुई क्लबबिच अनुबन्धका सम्बन्धमा सहमति जुटेको र व्यक्तिगत कुरा तथा मेडिकल मात्रै बाँकी रहेको छ । २८ वर्षका कोस्टा सन् २०१४ मा तीन करोड २० लाख पाउण्डमा एथ्लेटिको मड्रिडबाट चेल्सी आएका थिए । कोस्टाले यो सिजन चेल्सीबाट खेलेका छैनन् ।

स्पेनिस राष्ट्रिय टिमका खेलाडी कोस्टाले अगस्ट महिनाको अधिकांश समय ब्राजिलमा रहेको आफ्नो पुर्ख्यौली स्थानमा बिताएका थिए । कोस्टाले चेल्सीबाट अहिलेसम्म एक सय २० खेलमा ५८ गोल गरेका छन् । उनले गएको सिजन प्रिमियर लिगमा २० गोल गरेका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);