एजेन्सी, १९ साउन । जापानको टोकियोमा २०२१ मा हुने पारा ओलम्पिकको मिती सार्वजनिक भएको छ । कोरानो भाइरसका कारण एक बर्षका लागि सरेको टोकियोमा हुने पारा ओलम्पिक सन् २ हजार २१को अगष्टका २४ देखि सेप्टेम्बर पाँच तारिखसम्म हुने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइ ओसीले जनाएको छ ।
फरक क्षमता भएका खेलाडीहरुबीच हुने पारा ओलम्पिकमा २२ खेलका पाँच सय २९ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । जसमा नेपालबाट पनि खेलाडीले सहभागिता जनाउने छन । टोकियो ओलम्पिक सकिएपछि पारा ओलम्पिक सुरु हुने छ ।
टोकियो ओलम्पिक सन २ हजार २१को जुलाई २३ देखि अगष्ट ८ तारिखसम्म हुने छ । यसका लागि नेपालबाट पनि वाइल्डकार्डको सूची आइओसीमा पठाइसकिएको छ ।




