सिरी ’ए’ मा आज एटलान्टा र एसी मिलान भिड्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

सिरी ’ए’ मा आज एटलान्टा र एसी मिलान भिड्दै

एजेन्सी, ९ साउन । इटालियन सिरी ’ए’ फुटबलमा आज दोस्रो स्थानको एटलान्टा र एसी मिलानबीच प्रतिस्पर्धा हुँदैछ । एटलान्टा र मिलानबीचको खेल मिलानकै खेल मैदानमा हुनेछ ।

दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति साँढे १ बजे सुरु हुनेछ ।घरेलु टिमविरुद्ध मैदान उत्रदा एटलान्टा जितको योजनामा रहेको छ । मिलानलाई हराएर एटलान्टा लिग लिडर युभेन्ट्ससँगको अंक दुरी घटाउने दाउमा रहेको छ । एटलान्टाले ३५ खेलमा ७४ अंक जोडेको छ । युभेन्ट्सको ८० अंक रहेको छ ।

यो सिजन उपाधिका लागि युभेन्ट्सलाई मात्र ३ अंकको आवश्यकता रहेको छ ।एटलान्टा घरेलु टोलीलाई हराएर युभेन्ट्समाथि दबाब सिर्जना गर्ने योजनामा छ ।

यता, मिलान पनि घरेलु मैदानमा एटलान्टालाई हराएर जित निकाल्दै लिगको पाँचौं स्थानमा उक्लने योजनामा रहेको छ । छैटौं स्थानको मिलानले ५९ अंक जोडेको छ । एटलान्टालाई हराउँन सके मिलान शीर्ष पाँचमा उक्लनेछ ।