खोलाले बगाँउदा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

चितवन, ५ असोज । चितवनमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ ।

बुधबार बिहान चितवनको भरतपुर महानगरपालिका २२ स्थित केरुङगा खोला तर्ने क्रममा बगाएर कर्ण बहादुर कुँवरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

अन्दाजी ५० वर्षका कुँवर भरतपुर २२ स्थित नारायण पौडेलको घरमा काम गर्दै आएका प्रहरीले जनाएको हो । शवको पोसमाटमका लागि भरतपुर अस्पतालमा लगिएको छ ।