काठमाडौं, ३१ असार । इंग्लिस प्रिमियर लिग फुटबलमा आज विभिन्न चार खेलहरू हुँदैछन् ।
खेलमा आज राति लिग च्याम्पियन लिभरपुल, म्यानचेस्टर सिटी, आर्सनल, टोटेनह्याम लगायतका क्लबले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
यसअघि नै च्याम्पियन बनिसकेको लिभरपुलले आर्सनलसँग प्रतिस्पर्धा गर्दैछ । आर्सनलको मैदानमा हुने खेल राति १ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा आर्सनलबिरुद्द लिभरपुल जित निकाल्ने दाउमा रहेको छ । तर, बलियो टिम मानिएको आर्सनलाई पराजित गर्न लिभरपुललाई सहज भने छैन ।
आर्सनल पनि घरेलु मैदानमा जित निकाल्दै अंक तालिका सुधार गर्ने दाउमा छ। लिभरपुल ३५ खेलमा ९३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।
नवौं स्थानको आर्सनलको ५० अंक रहेको छ । त्यसैगरी, आजै म्यानचेस्टर सिटीले घरेलु मैदानमा बर्नेमाउथसँग खेल्नेछ ।
सिटी घरेलु मैदानमा जित निकाल्दै लिभरपुलसँगको अंक दूरी घटाउने योजनामा छ । दोस्रो स्थानको सिटी लिभरपुल भन्दा २१ अंकले पछि रहेको छ । सिटीको ७२ अंक रहेको छ ।
३१ अंक जोडेको बर्नेमाउथ रेलिगेसन क्षेत्रमा रहेको छ । लिगअन्तर्गत नै टोटेनह्यामले न्युकासल युनाइटेडसँग खेल्नेछ । त्यसैगरी बर्नलीले उल्भ्सको सामना गर्नेछ ।