बाजुरामा पहिरोले पुरिएर एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

बाजुरामा पहिरोले पुरिएर एक जनाको मृत्यु

death

मदन विक
बाजुरा, ३० असार । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा नं ३ मा पहिरोिले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको मेलढुस्काका ७२ वर्षिया शिब बोहोराको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी दान बहादुर रोकायाले बताउनुभएको छ ।

सोमबार दिउँसो गाइ गोरु चराउन गएका बेला मेलढुस्का काप्कोट सडककोबीचमा गोरु चराउन गएका बेला पहिरोमा पुरिएर मृत्यु भएको प्रहरी निरीक्षक रोकायाले बताउनुभयो।