कोरोना महामारीबीच सिंगापुरको संसद् विघटन | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८१, आइतबार

कोरोना महामारीबीच सिंगापुरको संसद् विघटन

एजेन्सी,९ असार । कोरोना महामारीबीच सिंगापुरको संसद् विघटन भएको छ । मंगलबार सिंगापुरकी राष्ट्रपति हालिमा याकुबले प्रधानमन्त्री ली सेन लूङको सिफारिसमा संसद् विघटन गर्नुभएको हो । यसअघि मंगलबार नै प्रधानमन्त्री ली सेन लूङले संसद्मा सम्बोधन गर्दै ताजा जनादेशका लागि आफूले चुनाव गराउन चाहेको उल्लेख गर्नुभएको थियो ।

नयाँ चुनावले राष्ट्रिय एजेन्डा र कठिन परिस्थितिको सामना गर्न सक्ने गरी ताजा जनादेश दिने उहाँको भनाइ थियो । वर्तमान संसदको कार्यकाल आउँदो अप्रिलसम्म थियो । नयाँ निर्वाचनको मिति आगामी जुलाइ १० मा हुने जनाइएको छ ।

सिंगापुरको सत्तारुढ पिपल्स एक्सन पार्टी पीएपी सन् १९५९ देखि सरकारको नेतृत्वमा छ । यसअघि सन् २०१५ मा भएको आम चुनावमा पीएपीले ८९ मध्ये ८३ सिट जितेको थियो । सिंगापुरमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला नयाँ राजनीतिक घटनाक्रम विकास भएको हो । कोरोना नियन्त्रण तथा रोकथामका लागि उचित कदम नचालेको भन्दै सिंगापुर सरकारको कडा आलोचना हुँदै आएको थियो ।

सिंगापुर अहिलेसम्म ४२ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । सिंगापुरमा संक्रमण पुष्टि भएकामध्ये करिब ३५ हजार ५ सय ९० जना निको भएका छन् भने २६ जनाको मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);