दुबईका नागरिकलाई विदेश भ्रमणको अनुमति | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८१, शनिबार

दुबईका नागरिकलाई विदेश भ्रमणको अनुमति

एजेन्सी, ८ असार । संयुक्त अरब इमिरेट्सको दुबईले आगामी जुलाई ७ तारिखदेखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने भएको छ । स्थानीय संचार माध्यमहरुका अनुसार विभिन्न मापदण्ड अपनाएर दुबईले आगामी जुलाई ७ तारिखदेखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने भएको हो । दुबई प्रवेश गर्ने हरेक विदेशी पर्यटकले हालैमात्र परीक्षण गरेको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ ।

त्यसैगरी दुबई पुगेपछि पनि त्यहाँको विमानस्थलमा व्यवस्था गरिएको कोरोना भाइरसको परीक्षण गराउनुपर्ने प्रावधान राखिएको छ । साथै दुबईले सोमबारदेखि विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने र मंगलबारदेखि आफ्ना नागरिकलाई विदेश भ्रमणका लागि अनुमति दिने भएको छ । दुबई पुग्ने स्वदेशीसंगै विदेशी नागरिकहरुले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्डहरु पालना गर्नु पर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);