राष्ट्रिय सभाको शून्य समयमा कसले के भने ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

राष्ट्रिय सभाको शून्य समयमा कसले के भने ?

rastriya

काठमाडौं, ३ असार । राष्ट्रियसभाको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको बैठकमा बोल्ने सांसदहरुले क्वारेन्टाइन व्यवस्थापन देखि विदेशमा रहेका नेपालीहरुको उद्धार निःशूल्क गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद राम नारायण विडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका उर्जावान युवाहरु महाकारीका कारण घर फर्किन चाहेपनि भाडा तिर्ने पैसा नभएकाले फर्किन नपाएको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सरकारले रोजगारी नदिएर धकेली धकेली युवाहरुलाई विदेश पठाएपनि रोग र भोकले ग्रस्ता भएकोले उद्दार गर्न नसकेको उहाँले बताउनुभयो ।

सांसद विडारीले भन्नुभयो, ‘‘राम्रा राम्रा र बलिया बलिया युवाहरु रोजगारीका लागि विदेशमा छन् । उनीहरु अहिले विदेशमा अलपत्र छन् रोग र भोकले ग्रस्त छन् । स्वदेश आउन आतुर छन् तर रकम छैन् अभाव छ । भाडा तिर्ने पैसा छैन् शरीरपनि जिर्ण भएको छ । नेपालमा काम नदिएको कारणले धकेली धकेली यसपाली विदेश कति पठाउने भन्दै प्रतिस्पर्धा गर भन्दै पठाउँदै गरिएको भएर उहाँ अहिले अलपत्र परियो भन्छन् । तीनि हरुलाई कसरी ल्याउने ? पैसा नभएको मान्छे पनि त नेपाली हो र यहाँ आउनुपर्यो नी ।’’

सांसद विडारीले दुव्र्यसन र लागु औषधले लिप्त भएर बसिरहेका युवाहरुलाई संरक्षण गरी कसरी रोकथाम गर्न सकिन्छ भन्ने तर्फ गृहमन्त्रालयको ध्यान जानुपर्ने बताउनुभयो ।

सांसद विमला घिमिरेले मकवानपुरको हेटौडामा एक महिलाको ढुंगाले हानेर हत्या गरिउको घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाहीगर्न माग गर्नुभयो । ६ महिना अगाडी दुर्घटनामा श्रीमान गमाएकी ति महिलालाई पहिले देखि नै घरका सदस्य मानसिक तनाव दिँदै आएको कुराहरु बाहिर आइरहेको उल्लेख गर्दै उहाँले दोषिलाई कडा कारवाही गर्न माग गर्नुभयो । सांसद शारदादेवी भट्टले

कैलाली घटनाका दोषिलाई कडा कारवाही गर्न माग गर्नुभयो । महिलाहरु बाहिरको क्वारेन्टाइनमा असुरक्षीत रहेकाले आवश्यक सुरक्षा व्यवस्था मिलाएर होम क्वारेन्टाइनमा राख्न उहाँले आग्रह गर्नुभयो ।

सांसद विमला राई पौडेलले घरघरमा जनतालाई सेवा दिने भनेर संघीयतामा देश भएको भएपनि स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइनहरुको अवस्था दुःख लाग्दो भएको बताउनुभयो । उहाँले कोभिड—१९ संकट व्यवस्थापन केन्द्रमा महिला मन्त्रालयको सहभागिता हुनुपर्ने माग गर्नुभयो । सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम प्रदेशमा भारतबाट ९० हजार बढी नागरिकहरु आएको र अहिले प्रत्येक जिल्लामा १० हजारभन्दा बढी व्यक्तिहरु क्वारेन्टाइनमा रहेको बताउनुभयो । हजारौँको संख्यामा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षण हुन नसकेको आरडिटी पोजेटिभ देखिएका व्यक्तिहरुको पीसीआर परीक्षण ढिलाइ भएको उहाँले बताउनुभयो ।

सांसद रमेशजंग रायमाझीले मंगलबारे अस्पतालको नाम प्रदेश सरकारले परिवर्तन गरी मदनभण्डारी राखेको प्रति आपत्ति जनाउनुभयो । स्थानीयहरुको विरोधकाबीच प्रदेशको नाम परिवर्तन भएको उहाँले बताउनुभयो । अस्पतालको नाम परिवर्तन नगर्न आग्रह गर्दै उहाँले मदन भण्डारीको नाममा अस्पताल चाहिने भए सुन्दर हरैचा नगरपालिकामा आफुले जग्गा उपलब्ध गराउने उहाँले बताउनुभयो ।

सांसद सुमनराज प्याकुरेलले सम्भु सदाको थुनामा मृत्यु भएको घटनाको छानबिन अगाडी बढ्न नसकेको प्रति दुःख व्यक्त गर्नुभयो । प्रहरीको टर्चरका कारण मृत्यु भएको भनदै परिवारले अहिलेसम्म शव नउठाएको उल्लेख गर्दै उहाँले सरकारी वकिल कार्यालयबाट हिजो मुद्दा दर्ता भएपनि छानबिन सुरुनभएको बताउनुभयो । उहाँले तत्काल छानबिन गर्न माग गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);