फिताले होइन यन्त्रले जमिन नाप्ने सिस्टमको विकास गरेका छौ : मन्त्री अर्याल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

फिताले होइन यन्त्रले जमिन नाप्ने सिस्टमको विकास गरेका छौ : मन्त्री अर्याल

padma aryal

काठमाडौं, ३ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मातकुमारी अर्यालले अब फिताले नभएर यन्त्रले जमिनको नापनक्सा गर्ने सिस्टमको विकास गरिएको बताउनुभएको छ । मन्त्रालयको बिनियोजन शीर्षकहरुमाथी राष्ट्रियसभाका सांसदहरुले उठाएका प्रश्नहरुको बुधवार राष्ट्रियसभामा जवाफ दिँदै मन्त्री अर्यालले नाप नक्साको क्षेत्रमा अब फिताले नभएर यन्त्रले नाप्ने प्रविधिको विकास गरिएको बताउनुभयो ।

विगतको त्रुटीपुर्ण नापनक्साका कारण जनताले निकै अप्ठ्यारो झेल्नुपरेकाले धेरै खालका गुनासाहरु आउनेगरेको भन्दै मन्त्री अर्यालले ती कुरालाई मध्यनजर गर्दै नापनक्साको काम फिताबाट नभएर यन्त्रबाट गर्ने कार्यको शुरुआत गरिएको बताउनुभयो । विगतमा फिताबाट नापनक्सा गर्दा कमजोरी भयो । त्यसैले अब यन्त्रबाट नापनक्साको काम गरिनेछ भनेर त्यो काममा हामी अगाडी बढेका छौ । मन्त्री अर्यालले भन्नुभयो, देशभर आधुनिक तरिकाबाट डिजिटल प्रणालीबाट पुनः नापजाँच गर्ने कार्य भइरहेको छ । यो सबै ठाउँमा गर्न जुरुरी पनि छ र त्यो कामको थालनी पनि भएको छ ।

नापनक्सा क्षेत्रको अत्याधुनिक प्रविधि लाइडर प्रविधि यसै आर्थिक वर्षदेखि नेपालको सुदुरपश्चिम प्रदेशबाट शुरु भएको भन्दै उहाँले त्यसले पृथ्वीको धरातलीय स्वरुपको नापजाँच गर्ने कार्य भइरहेको बाउनुभयो । सरकारी स्तरबाट पहिलोपटक यस किसिमको सर्भेक्षण गरिएको उहाँको भनाइ थियो ।

भूमी व्यवस्था मन्त्रालयको कार्यक्षेत्रभित्र अनेकन चुनौती भएको भन्दै उहाँले हिजोको दिनमा रहेको नकारात्मक पहिचानलाई ठ्याक्कै उल्टो बनाएर मन्त्रालयप्रतिको सकारात्मक सोच सबै मानिसले गर्नेगरी अगाडी बढेको बताउनुभयो । प्रविधिको प्रयोगमार्फत हाम्रा सेवाप्रवाहलाई व्यवस्थित गर्ने विगतका बेथितीहरु हटाउने र सुशासन कायम गर्ने अभियान हामीले चालिरहेका छौ ।

मन्त्री अर्यालले भन्नुभयो, अब सबै डकुमेन्टहरु स्क्यानिङ गर्ने र स्थानीय तहमा हस्तान्तरण गर्ने स्पिडका साथ हामी लागेकै छौ । धेरै प्रतिकूलता हुँदाहुदै पनि इच्क्षाशक्ति हुँदा ती चुनौतीहरुलाई पल्टाउन सकिन्छ भन्ने विश्वासका साथ हामी अगाडी बढेका छौ । अबको जग्गा प्रशासन पारदर्शी र सुशासनयुक्त जग्गा प्रशासन भन्ने नाराका साथ मन्त्रालय अगाडी बढेको मन्त्री अर्याको भनाइ थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);