सवारी दुर्घटनामा गाउँपालिकाका अध्यक्षको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

सवारी दुर्घटनामा गाउँपालिकाका अध्यक्षको मृत्यु

raj kumar sharma

नवलपरासी, ३२ जेठ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ । गाउँपालिकाको लु १ झ ३७० नम्बरको जीप अनियन्त्रित भएर पल्टँदा गम्भीर घाइते हुनुभएका शर्माको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीले जनाएको छ ।

आइतबार बिहान जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम जाने क्रममा बर्दघाट–त्रिवेणी सडकखण्डको लक्ष्मीपुरमा उक्त दुर्घटना भएको हो ।

५१ वर्षीय शर्मा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । दुर्घटनामा गाउँपालिकाका सवारी चालक हरिलाल राजभर घाइते भएका प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);