राष्ट्रियताको सवालमा सत्तापक्ष र प्रतिपक्षी एक ठाउँमा उभिनुपर्छ : शशांक कोइराला | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

राष्ट्रियताको सवालमा सत्तापक्ष र प्रतिपक्षी एक ठाउँमा उभिनुपर्छ : शशांक कोइराला

sashank

काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका सांसद शशांक कोइरालाले नेपाल भारतको आपसी सम्बन्धलाई विग्रन दिन नहुने बताउनुभयो । नेपालले आफ्नो वास्तविक भूमि समेटेर नक्सा जारी गर्नु अहिलेको राष्ट्रिय एकता रहेको उल्लेख गर्दै उहाँले दुई देशको सम्बन्ध विग्रिन नदिन आग्रह गर्नुभयो ।

नेपाल र भारतबचि रहेको सामाजिक, सांस्कृति, आर्थिक र राजनीतिक सम्बन्धको निरन्तरतालाई बिग्रिन नदिन उहाँले आग्रह गर्नुभयो । आफ्नो भूमि फिर्ता गर्ने विषयमा कुनै द्वन्द र बैमनस्यता हुन नहुने उहाँले बताउनुभयो ।

राष्ट्रियताको सवालमा सत्तापक्ष र प्रतिपक्षी नभनी एक ठाउँमा उभिनुपर्ने उहाँले बताउनुभयो । उहाँले चीन र भारतसँग महत्वपूर्ण सम्बन्ध रहेको समेत बताउनुभयो । उहाँले भारत र चीन दुबै देशले नेपालको राष्ट्रिय स्वाभिमानको सम्मान गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

ताजा समाचार