रुपन्देही हत्याकाण्डको अनुसन्धान गर्न तीन सदस्यीय समिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

रुपन्देही हत्याकाण्डको अनुसन्धान गर्न तीन सदस्यीय समिति गठन

rupandehi hatyakanda

रुपन्देही, २७ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवामा भएको पाँच जनाको सामूहिक हत्याकाण्डको अनुसन्धान गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । प्रदेश ५ प्रहरी कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारको नेतृत्वमा मंगलबार समिति गठन गरेको हो ।

सोमबार राति तिलोत्तमा स्थित मैनहवामा रहेको गंगादेवी पशुपंक्षी फार्ममा काम गर्ने ५ जनाको सामूहिक हत्या भएको थियो । प्रहरीले मंगलबारनै घटना स्थलमा पुगेर छाबिन शुरु गरेको हो ।

हत्या अभियोगमा घटनास्थलबाटै बेहोस अवस्थामा पक्राउ परेका सुर्खेतको साविकको नेटा गाविस–३ का ३२ वर्षे झसेन्द्रबहादुर सिञ्जालीले प्रारम्भिक अनुसन्धानमा हत्या स्वीकार गरेका प्रहरीले जनाइएको छ ।

हत्या हुनेमा रूपन्देहीको सैनामैना नगरपालिका–५ दरखासी स्थायी घर भएर ७ वर्षदेखि तिलोत्तमा नगरपालिका–१० मा बस्दै आएका ४० वर्षीय माधव मुसहर उनकी श्रीमती ३७ वर्षीया जानकी मुसहर, १४ वर्षीय पोखराज मुसहर, १७ वर्षका करन चौधरी र आशीष चौधरी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);