रुपन्देहीमा ५ जनाको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रुपन्देहीमा ५ जनाको हत्या

Rupandehi_district_location

विवेक विश्वकर्मा

रुपन्देही, २७ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ ।

सोमबार राति तिलोत्तमा स्थित मैनहवामा कृष्ण पुनले सञ्चालन गरेको भैंसी फार्ममा काम गर्नेहरुको सामूहिक हत्या भएको हो । सुर्खेतका एक व्यक्तिले फार्ममा कार्यरत ५ जनालाई बञ्चरो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आशंकामा एकजनालाई नियन्त्रणमा लिइएको छ ।

मृत्यु हुनेहरुमा सैनामैना मुर्गियाका ४१ वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरी रहेका छन् । घटनाबारे प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);