महिला विश्वकप फुटबल आयोजनाको होडबाजिबाट ब्राजिल पछि हट्याे | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २६ २०८१, सोमबार

महिला विश्वकप फुटबल आयोजनाको होडबाजिबाट ब्राजिल पछि हट्याे

एजेन्सी, २७ जेठ । ब्राजिल फुटबल महासंघले महामारीको रुपमा फैलिएको कोरोना भाईरसको प्रभावका कारण महिला विश्वकप आयोजनाको दाबीबाट नाम फिर्ता लिएको जनाएको छ ।

कोरोनाका कारण विश्वकप फुटबल आयोजनाका लागि अन्तराष्ट्रिय फुटबल महासंघ फिफालाई आवश्यक पर्ने बित्तिय आश्वासन दिने स्थितीमा नरहेको ब्राजिल फुटबल महासंघको भनाइ छ । ब्राजिल फुटबल महासंघले आयोजनाको दाबीबाट बाहिरिएर कोलम्बियालाई समर्थन गर्ने बताएको छ ।

सन् २०२३ को महिला विश्वकप फुटबल आयोेजनाको होडबाजीमा अब कोलम्बिया सहित जापान तथा अष्ट्रेलिया र न्युजिल्याण्ड रहेका छन्। अष्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गर्ने दाबी पेश गरेका छन् । दक्षिण अमेरिकी महादेशमा अहिलेसम्म महिला विश्वकप फुटबलको आयोजना भएको छैन । यस बिषयमा जुन २५ मा निर्णय हुने सम्भावना प्रवल रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);