असफल प्रधानमन्त्री र सरकारलाई कतिसम्म बोक्ने ? : बालकृष्ण खाँड (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

असफल प्रधानमन्त्री र सरकारलाई कतिसम्म बोक्ने ? : बालकृष्ण खाँड (भिडियोसहित)

balkrishna khad

काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार असफल भईसकेकाले सरकारको असफलतालाई बदल्न तयार हुन सत्तारुढ दललाई सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा मन्त्रालयगत विनियोजित बजेट माथिको छलफलमा सहभागी हुदै उहाँले कोरोना, बाढी पहिरो तथा प्रशासनिक व्यवस्थापनमा सरकार पुर्ण रुपमा असफल भईसकेकाले असफल सरकारलाई नबोक्न नेकपालाई सुझाव दिनुभएको हो ।

सरकार तथा प्रधानमन्त्री असफल भएपनि मुलुक असफल हुन नसक्ने भन्दै असफल प्रधानमन्त्री र असफल सरकारलाई बोकेर नहिड्न पनि सत्तापक्षका सांसदहरुलाई सुझाव दिनुभयो ।

खाँडले मुलुकको आवश्यकता हेरेर भन्सार बढाउने र घटाउने निर्णय गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै सरकारलाई ‘चकलेटी सरकार’को संज्ञा दिनुभयो । उहाँले भन्नुभयो “हाम्रो सरकार चकलेटी सरकार हो । चकलेटको भन्सार घटाउने गहुँको भन्सार बढाउने ।” उहाँले विद्युतिय सवारी साधनमा भन्सार वृद्धि गरिएकोमा आपत्ति जनाउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);