कृषक सडकमा दुध बगाउन बाध्य | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कृषक सडकमा दुध बगाउन बाध्य

प्रमिला खतिवडा
काठमाडौ, २४ जेठ । पछिल्लो समय नेपाल दुध तथा मासुजन्य उपजमा लगभग आत्मनिर्भर छ । तर भारत लगायत तेश्रो मुलुकबाट वर्षेनी करोडौ मूल्यको पाउडर दुध आयात गरिदै आएको छ । दुध बजारमा सहजरुपले पुग्न नसक्दा कृषकले सडकमा दुध पोख्याउनु परेको नजिर छ । नेपाली दुधले उचित मूल्य पाउन नसकेको बेला दुधजन्य वस्तु आयात रोकिन सकेको छैन ।

नेपालमा वार्षिक २२ लाख मेट्रिक टन दुध उत्पादन हुदै आएपनि अझै ५, ६ लाख मेट्रिक टन दुध अपुग छ । कृषिप्रधान मूलुकमा सरकारले दुधजन्य उद्योगलाई प्राथमिकतामा नराखेसगै नेपाल दुधमा आत्मनिर्भर हुन अझै सकेको छैन् ।

नेपालमा उत्पादित दुध महङ्गो भएको बाहानामा भारत तथा तेस्रो मूलुकबाट दुध पाउडर आयात गरिदै आएको छ । नेपालमा बार्षिक २२ लाख मेट्रिक टन दुध उत्पादन हुने गरेको सरकारी तथ्यांक छ ।

स्वदेशमा उत्पादित दुधले नेपालको ८० प्रतिशत बजार धानेको छ । आर्थिक वर्ष २०७७÷७८ भित्र दुधजन्य उपजमा आत्मनिर्भर बनाउने भनिएपनि अझै अधुरो छ । नीतिमा आत्मनिर्भर भनिएपनि कार्यान्यन पाटो प्रभावकारी हुन नसक्दा अझै आत्मनिर्भर बन्न नसकेको व्यवसायीको प्रतिक्रिया छ ।

दैनिक ६० लाख लिटर दुध उत्पादन हुदै आएकोमा ५० प्रतिशत ग्रामीण क्षेत्रमै खपत हुने गरेको छ । ५० प्रतिशत मध्येको १७ प्रतिशत दुध डेरी उद्योगमा खपत हुने गर्दछ । बाँकी ३३ प्रतिशत दुध होटल, रेष्टुरेन्टमा खपत हुने गर्दछ ।

सरकारले दुध आत्मनिर्भर बनाउनै नीति अबलम्बन गरेपनि कृषकले दुध सडकमा पोख्याउनु परेको अवस्था छ । कृषकले सडकमा दुध फ्याँकीरहदा २८ अर्बको दुध भित्रिएको छ । भन्सार विभागकै तथ्यांक अनुसार लकडाउनकै अवधिमा भारतबाट २८ अर्ब रुपैया बराबरको धुलो दुध आयात भएको हो ।

आयातलाई प्रतिस्थापन गर्न नसक्दा अर्बाैको आयात भएको हो । स्वदेशी दुधलाई बेवास्ता गरी आयातलाई जोड दिनु सरकारले नेपाली दुधलाई निरुत्साहित गर्न खोजेको कृषकहरुको आरोप छ ।

करिब ३० खर्बको लगानीमा दुधजन्य क्षेत्रमा लगानी भएको छ । करिब ५ लाख किसान प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दुग्धजन्य उत्पादनमा संलग्न छन् ।

२० हजार बढीले प्रत्यक्ष रोजगारी पाएको छन् । दुधमा आत्मनिर्भरसंगै हजारौ रोजगारी सिर्जना गर्न सकिने भएकोले सरकारले दुधजन्य उत्पादनमा विशेष प्राथमिकता दिन सक्नुपर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);