संखुवासभा दुधमा आत्मनिर्भर बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

संखुवासभा दुधमा आत्मनिर्भर बन्दै

milk

सुजन बज्राचार्य
संखुवासभा, ३ चैत । संखुवासभा दुधजन्य बस्तुमा आत्मनिर्भर हुँदै गएको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा बार्षिक १२ हजार मेट्रिक टन भन्दा बढी दुध उत्पादन हुँदै आएको छ ।

संखुवासभाको चैनपुर नगरपालिका–७ वानेश्वरका दीवाकर खत्री हरेक दिन मोटरसाइकलमा दुध बेच्न सदरमुकाम खाँदबारी पुग्छन् । खत्रीमात्र होइन यहाँका अन्य कृषकको दैनिकी पनि यस्तै छ । ग्राहकहरु पनि कतिखेर दुध आइपुग्छ भनेर कुरिरहेका हुन्छन् । धर्मदेवि र चैनपुर नगरपालिकाका कृषकले विगत २ वर्ष देखि दुध बेचेर मनग्गे आम्दानी गरीरहेका छन् ।

चैनपुर, खराङ, तुम्लिङटार र खाँदबारीका होटल र चियापसलमा यहीँको दुधले माग धानीरहेको छ ।  संखुवासभामा बार्षिक १२ हजार ७ सय ५४ मेट्रिकटन दुध उत्पादन हुने गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

सदरमुकाम खाँदबारीमा प्रतिलिटर ६० देखि ७० रुपैंयाँसम्म दुध बिक्रि हुने गरेको छ । दुधजन्य पदार्थमा आत्मनिर्भर हुन सरकारले कृषि तथा पशुपालन क्षेत्रको प्रबद्र्धनमा विषेश योजना ल्याउनुपर्नेमा कृषको जोड छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);