विनियोजन विधेयक माथिको छलफलमा कसले-के भने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विनियोजन विधेयक माथिको छलफलमा कसले-के भने ?

sanghiya samsadh

काठमाडौँ, २४ जेठ । सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहेको भन्दै खर्च कटौतीको प्रस्ताव गरेका छन् । प्रतिनिधि सभामा शनिबार पनि जारी रहेको विनियोजन विधेयक माथिको छलफलमा सांसदहरुले विभिन्न मन्त्रालयको खर्च कटौतिको प्रस्ताव गरेका हुन् ।

संघीय संसद प्रतिनिधि सभामा शनिबार पनि जारी रहेको विनियोजन विधेयक माथिको छलफलमा सांसद दुर्गा पौडेलले देशको विकासको लागि सन्तुलित र विकेन्द्रीत बजेट आउन नसकेको बताउनुभयो । उहाँले सरकारमा पहुँच हुने र मन्त्रीको आफ्नो जिल्लामा मात्रै बजेट लगिएको आरोप लगाउनुभयो ।

सांसद डा. मिनेन्द्र रिजालले सरकारले राजश्व उठाउन सक्ने क्षमता गुमाएको बताउनुभयो । पूँजीगत खर्च गर्न सक्ने क्षमता र योजना नभएको र सरकारको इमान्दारिताको समेत लक्षण नदेखिएको उहाले आरोप समेत लगाउनु भयो । जनता कसरी कोरोना बाट बच्ने र देश कसरी फर्किने चिन्तामा रहेकोबेला सरकार कार्पेट परिवर्तन गर्न तल्लिन रहेको रिजालको भनाइ थियो ।

सांसद प्रेम सुवालले मन्त्री र प्रशासकहरुमा समाजवादउन्मुख विचार नरहेको भन्ने बजेटमार्फत स्पष्ट देखिएको टिपपणी गर्नुभयो । उहाँले स्मार्ट सिटीको नाउँमा काठमाडौं उपत्यकाको संस्कृति मास्ने गरी कार्यक्रम ल्याइएको बताउनुभयो । नेपाल बायुसेवा निगमलाई वर्षमा १२ करोड ६२ लाख घाटामा पु¥याउने मन्त्री र कर्मचारीलाई कारबाही हुनुपर्ने उहाँको भनाई छ ।

यसैगरी सांसद प्रदिप यादवले प्रदेश नम्बर २ लाई कम बजेट विनियोजन गरिएको आरोप लागाउनुभयो । उहाँले प्रदेश नम्बर दुईलाई छुट्याइएको रकम समानिकरण अनुदानमा २ अर्ब थप गर्नुपर्ने, समपुरक अनुदानमा १ अर्ब ५० करोड थप गर्नुपर्ने बताउनुभयो ।

शनिबारको छलफलमा बहादुरसिंह लामा, रामबाबु यादव, पार्वती डिसी चौधरी, राजन केशी, मिनबहादुर विश्वकर्मा, पद्यमनारायण चौधरी लागयतका सांसदहरुले खर्चकटौतीको प्रस्ताव गर्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);