जनतालाई कोरोनाबाट बच्ने चिन्ता, सरकार कार्पेट फेर्नमा मस्त : मिनेन्द्र रिजाल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

जनतालाई कोरोनाबाट बच्ने चिन्ता, सरकार कार्पेट फेर्नमा मस्त : मिनेन्द्र रिजाल (भिडियोसहित)

minendra rijal

काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले जनता कसरी कोरोना बाट बच्ने र देश कसरी फर्किने चिन्तामा रहकेो तर सरकार कार्पेट परिवर्तन गर्न तल्लिन रहेको बताउनुभयो ।

शनिबार प्रतिनिधिसभा बैठकमा खर्च कटौतीको प्रस्ताव राख्दै सांसद रिजालले भन्नुभयो ‘जनता कोरोनाबाट कसरी उम्कने भन्नेमा छन, बाहिर बसेका नेपालीहरु कसरी देश फर्किने भन्ने चिन्तामा हुनुहुन्छ अनि सरकारमा बसेकाहरु कसरी कार्पेटको व्यवस्था भनेर मस्त छन । कार्पेटको व्यवस्था गर्दै छ सरकार अनि सत्तारुढ दलका अरु मानिसहरु सत्ता सम्भावनाको बासुरी कुन धुनमा बजायो भने राम्रासँग बज्छ भनेर प्रयत्न गरिराखेका छन् ।’ उहाँले देश विकास र बढ्दै गएको संकटलाई पार लगाउने अठोट सरकारसँग नभएको बताउनुभयो ।

सांसद डा. मिनेन्द्रप्राद रिजालले सरकारले राजश्व उठाउन सक्ने क्षमता गुमाएको बताउनुभयो । पूँजीगत खर्च गर्न सक्ने क्षमता र योजना नभएको र सरकारको इमान्दारिताको समेत लक्षण नदेखिएको बताउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);