सांसदको हैसियत वडाअध्यक्षको जस्तो भयो : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सांसदको हैसियत वडाअध्यक्षको जस्तो भयो : गगन थापा

gagan thapa

काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले पञ्चायत कालमा बजेट निर्माण भएजसरी बहुदलिय कालमा भएको र त्यसैको निरन्तरता गणतन्त्रमा पनि रहेको बताउनुभयो । उहाँले बजेट निर्माणमा संसदको, विधायकको विचार र धारणाको विषयमा कहिले पनि छलफल नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘बजेट निर्माणमा संसदको भुमिका के, विधायकको भुमिका के, हामीले बोक्ने विचारधारको भूमिका के, हाम्रो घोषणा प्रतिको अर्थ र सम्बन्ध के रहन्छ हामीले कहिल्यै छलफल ग¥यौं गरेनौं । हामी पनि ता दौडियौं कहिलो चुरोटको खोलको चिरकटमा योजना लेखेर मन्त्रीको ढोकामा पुग्यौं, कहिले आफ्नो लेटर प्याडमा लेखेर पुग्यौं, प्रधानमन्त्री त पुग्नुभयो दौडिएर पुग्यौं । पहिलाको भन्दा स्थिति झन विग्रियो । ’

सांसद थापाले स्थानीय पूर्वाधार कोषको नामबाट वडा अध्यक्ष जस्तो पैसा लिन थालेदेखि स्थिति विग्रिएको बताउनुभयो । उहाँले कोषलाई यो पटकको बजेटबाट हटाउनको लागि सरकारलाई भन्ने आँट गर्नुपर्ने बताउनुभयो । उहाँले स्रोतको अभावले मात्रै स्वास्थ्य सेवामा आजको अवस्था नआएको बताउनुभयो ।

गएको वर्ष बजेटमा गरिएका बाचाहरु कुनैपनि पुरा नभएको उहाँले बताउनुभयो । आधारभुत स्वास्थ्य सेवा, आकस्मिक स्वास्थ्य सेवा, विशिष्टक्रित स्वास्थ्य सेवा, स्वास्थ्य बीमाको बारेमा गरिएका बाचाहरु कुनै पनि पुरा नभएको सांसद थापाले बताउनुभयो । अहिले सरकारले २४ वटा प्रयोगशाला बनाएको दावि गर्ने सरकारले जम्मा पाँच वटा पिसिआर मेसिन किनेको बताउनभयो ।

त्यस्तै सरकारले जम्मा २५ हजार पीसीआर किट किनेको र बाँकी सबै उपहार र दानमा पाएकोबाट परीक्षण भइराखेको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा सरकार अझैपनि अवधारणगत रुपमा स्पस्ट हुन नसकेको उहाँले बताउनुभयो । उहाँले सरकारले स्वास्थ्य बीमाको विषयमा अझै काम गर्न नसकेको बताउनुभयो । अहिले सम्म गरेको बजेट विनियोजनमा ल्याइएको बीमा कार्यक्रम बीमा नै नभएको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);