विनियोजन विधेयकमा ११ वटा खर्च कटौतीका प्रस्ताव पेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

विनियोजन विधेयकमा ११ वटा खर्च कटौतीका प्रस्ताव पेश

काठमाडौं, १ असार । विनियोजन विधेयक २०७७ माथिको छलफलका क्रममा राष्ट्रियसभा सांसदहरुले विभिन्न मन्त्रालयमा ११ वटा खर्च कटौतीका प्रस्ताव पेश गरेका छन् । सोमबारको राष्ट्रिय सभा बैठकमा ५ जना सांसदहरुले विभिन्न मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव गरेका हुन् । सांसद प्रकाश पन्थले संसदीय मामिला मन्त्रालय, खानेपानी मन्त्तालय, युवा तथा खेलकुद मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एक सय रुपैयाँ खर्च कटौतिको प्रस्ताव गर्नुभयो ।

त्यसैगरी सांसद तारादेवी भट्टले महिला तथा बालबालिका मन्त्रालय अन्तर्गतको अनुदान शीर्षकको खर्च १ सय रुपैयाँ घटाउन माग गर्नुभयो । कोरोना संकटका कारण बजेट घटेको उल्लेख गर्दै उहाँले अहिलेको अवस्थामा आशातित उपलब्धि हासिल गर्न नसकिने बताउनुभयो ।

सांसद जितेन्द्र नारायण देवले अर्थमन्त्रालयले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको चालु खर्च ह्वात्तै बढाएको भन्दै त्यसमा कटौती गर्न माग गर्नुभयो। सांसदहरु रमेशजंग रायमाझी र अनिता देवकोटाले पनि मन्त्रालयहरुको फजुल खर्चलाई घटाउने गरी बजेट बिनियोजन नभएको उल्लेख गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);