रुकुम घटनाको अनुसन्धान गर्न संसदीय विशेष समिति गठन | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८१, शनिबार

रुकुम घटनाको अनुसन्धान गर्न संसदीय विशेष समिति गठन

काठमाडौं, २३ जेठ । रुकुम पश्चिममा भएको जातीय घटनाको अध्ययन, अनुसन्धानका लाागि संसदीय विशेष समिति गठन हुने भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सांसदहरुले संसदीय विशेष समिति गठन नभएसम्म सदनको कारवाही अघि बढ्न नसक्ने भन्दै अवरोध गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले समिति गठन गरिने जानकारी गराउनुभएको हो ।

यसअघिका प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलका सांसद मात्रै नभई सत्तारुढ दलका दलित सांससदहरुले पनि घटनाको सत्य तथ्य अध्ययनका लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै आएका थिए । तर संसदीय समिति गठनको प्रक्रिया अघि नबढेपछि शुक्रबारको बैठक सुरुहुने वित्तिकै प्रतिपक्षी दलका सांसदले उभिएर विरोध जनाएका थिए ।

लगत्तै सभामुखबाट बोल्ने समय पाएकी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले सरकारले घटनालाई राजनीतिकरण गर्न खोजेकाले प्रतिपक्षी दल संशकित भएको भन्दै संसदीय समिति गठन को माग गरिएको बताउनुयो । उहाँले घटनाबारे गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्ति तथा अपराध अनुसन्धान गर्ने सरकारी निकायका भनाईले पछिल्लो घटना पनि निर्मला पन्तको जस्तै हुने हो कि भन्ने शंका उब्जाएको टिप्पणी गर्नुभयो ।

अन्तरजातिय प्रेम सम्बन्धको विषयलाई लिएर जेठ १० गते रुकुम पश्चिम चौरजहारीमा भएको घटनामा ६ जनाले ज्यान गुमाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);